७ माघ २०८१, सोमबार
बझाङमा अगुवा कृषकका लागि क्षमता विकास तालिम सम्पन्न , २४ जना अगुवा कृषक सहभागी ,
शिवजी मण्डेल २६ असोज
बझाङमा छबिस पाथिभेरा गाउँपालिका थलारा गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनाको आयोजनामा अगुवा कृषिका लागि क्षमता विकास तालिम असोज २४ गते झोतामा सम्पन्न भएको छ । तालिममा छबिस पाथिभेरा र थलारा गाउँपालिकाका अगुवा कृषकलाई मौसमी बेमौसमी तरकारी खेती रोग किरा व्यवस्थापन गोठेमल व्यवस्थापन खेर गएको पानीको प्रयोग पुर्ण सरसफाइ सम्बन्धि जानकारी र मानवमुत्र संकलन तथा प्रयोगका बारेमा जानकारी दिइएको हो ।
असोज २० देखि २४ गतेसम्म सञ्चालित उक्त तालिममा छबिस पाथिभेरा गाउँपालिकाका १२ जान र थलारा गाउँपालिकाका १२ जना गरि २४ जना अगुवा कृषिको सहभागिता रहेको थलारा गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाका जीविकोपार्जन पर्वधक सुरेश बिष्टले बताउनुभयो । उनका अनुसार सहभागी कृषकलाई ड्रम हजारी लगायतका सामाग्री र बीउबिजन वितरण गरिएको थियो ।
तालिममा थलारा गाउँपालिका कृषि संयोजक लोकेन्द्र धामी र ग्रामीण जलस्रोत परियोजनाका जीविकोपार्जन सहजकर्ता गगन धामी र बिकाश कठायतले प्रशिक्षण दिनु भएको थियोे ।