बझाङको थलारा गाउँपालिका ४ का बाढीपहिरो पीडित परिवारलाई राहत वितरण

सेयर गरौं

बझाङ थलारा , कार्तिक ९ बेमौसमी अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेका थलारा गाउँपालिका ४ डिख्लाका पीडित परिवारलाई राहत वितरण गरिएको छ ।

गत कार्तिक १ गते आइतबार बेलुकी देखि आएको अविरल वर्षाको कारण बाढी पहिरोमा परि डिख्लामा ठुलो धनजनको क्षति भएको भन्दै नेकपा एकीकृत समाजवादी आबद्ध युवासँगका संयोजक झलक धामी र अखिलका संयोजक विशाल धामीको नेतृत्वमा सोमबार १ लाख २० हजारको राहत वितरण गरिएको हो । 

सोमबार झाेता बजारबाट खच्चरमा राहत सामाग्री बोक्दै वितरण गरेको नेता अखिलका संयोजक धामीले बताउनुभयो । उनका अनुसार २५ जना परिवारलाई १६ बलाङ्केट १५ बोरा चामल १३५ केजी दाल र ५० कट्टा आटाे  वितरण गरिएको छ । 

समाजसेवी अक्कल बोहराले ३० हजार नगद सहित ९ बलाङ्केट वितरण गरेका हुन् त्यस्तै भैरव माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षको नेतृत्वमा १२ हजार २ सय नगद हस्तान्तरण गरिएको बताइएको छ ।
धनजनको निकै ठूलो क्षति भएको र अहिले विभिन्न निकाय व्यक्तिबाट बाढीपहिरो पीडितलाई राहत संकलन तथा वितरण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339