कैलालीमा छोराको नागरिकता बनाउन पालो कुरेकी महिलाको मृत्यु – थलारा खबर

सेयर गरौं

कैलालीमा छोराको नागरिकता बनाउन पालो कुरेर बसेकी महिलाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका १२ कि सीता देवी चौधरीको मङ्गलवार छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर लाइनमै बसेका बेला बेहोस भई ढल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
छोराको नागरिकता बनाउने क्रममा लाइनमा पालो कुरेर बसी रहेकी चौधरी एक्कासि बेहोस भएर ढल्दा मृत्यु भएको छ ,इ प्र का सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले भने , ”उनी विगत दुई वर्ष देखि सिकलसेल रोगको बिरामी थिइन , घोडाघोडी अस्पतालमा दुई वर्ष देखि उनको उपचार भइरहेको जानकारीमा आएको छ।” दीर्घ रोगका कारण उनको मृत्यु भएको पुष्टि पछि चौधरीको शव परिवार लाई बुझाइएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 
सुखड स्थित इलाका प्रशासन कार्यालयमा सधैँ जसो सेवाग्राहीको भिड लाग्ने गर्दछ । नागरिकता तथा राहदानी बनाउनेको सधैँ जसो भिड हुने इलाका प्रशासन कार्यालय सुखडमा सेवाग्राहीले घण्टौँ सम्म लाइन मैँ बस्नुपर्ने बाध्यता झेल्दै आएका छन् । इप्रका सुखडले घोडाघोडी नगरपालिका , गौरीगंगा नगरपालिका , मोहन्याल गाउँपालिका र बर्दगोरीया गाउँपालिका गरी ४ ओटा पालीकाका नागरिकलाई सेवा दिँदै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335