१३ माघ २०८१, आईतवार
![Screenshot 20211027 191425 1](https://thalarakhabar.com/wp-content/uploads/2021/10/Screenshot_20211027-191425_1.jpg)
नेकपा एमाले डोटीका जिल्ला कमिटी सदस्य जेठारा माओवादी केन्द्रमा प्रवेश
डोटीका नेकपा (एमाले) जिल्ला कमिटी सदस्य सिद्ध जेठारा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जोरायल गाउँपालिका वडा नं. २ छतिवन निवासी जेठारा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । जिल्ला कमिटी सदस्य जेठाराकासंगै एमाले जोरायलका युवा नेता तथा व्यवसायी दौलत कडाल पनि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
जिल्ला कमिटी सदस्य जेठारा र कडाललाई नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सह-इन्चार्ज तथा मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत सहित धनगढीमा पार्टी प्रवेश गराएका हुन । जेठारा नेकपा (एमाले) डोटी का संस्थापक नेता देवी सिंह जेठाराका छोरा हुन ।
पार्टी प्रवेश कार्यक्रममा सुदूरपश्चिम प्रदेश सह-इन्चार्ज लक्ष्मणदत्त जोशी र डोटी जिल्ला इन्चार्ज शिव सिंह ओलीको पनि सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1