महाकाली नदिमा डुङ्गा पल्टिँदा बेपत्ता भएका एक जनाको शव फेला एक अझै बेपत्ता – थलारा खबर

सेयर गरौं

धनगढी — महाकाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ। बैतडीको शिवनाथ गाउँपालिका -१ का चक्रसिंह साउदकी १५ वर्षीया छोरीको शव भेटिएको वडाध्यक्ष कर्ण साउदले बताए।

अर्का बेपत्ता भएका पनि चक्रसिंह साउदकै ८ वर्षीय छोरा रहेको उनले बताए। वडाध्यक्ष कर्णका अनुसार साउद परिवार भारतमै बस्ने गरेको र महाकाली नदीको खाँड घाटबाट पारि जान खोज्दा दुर्घटना भएको खुलेको छ। शिवनाथ गाउँपालिका -१ खाँड घाटमा बुधवार १० जना सवार डुङ्गा पल्टिएको थियो। तीमध्ये ८ जना पौडी खेलेर पारी पुग्न सफल भएका र २ जना बेपत्ता भएका थिए।

अर्का बेपत्ता रहेका बालकको खोजीका लागि बिहानै नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गएका प्रहरीले जनाएको छ। काम विषेशले भारत जाने नेपाली यात्रुलाई पारी तार्ने क्रममा डुङ्गा पल्टिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335