१३ माघ २०८१, आईतवार
बझाङका एकजना वडाध्यक्षको निधन
बझाङको बित्थडचिर गाउँपालिका ३ का वडाध्यक्षको निधन भएको छ। वडाध्यक्ष नरबहादुर बोहराको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा बुधबार बेलुका निधन भएको हो।
दमका बिरामी रहेका वडा अध्यक्षको डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले बताउनुभयो । उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1