१३ माघ २०८१, आईतवार
राष्ट्रिय जनगणना २०७८ का लागि बैतडी मा गरिए ३१५ जना गणक छनौट
धुर्व किरण भुल कार्तिक ११
बैतडी –राष्ट्रिय जनगणना २०७८ का लागि बैतडीमा ३१५ जना गणक छनौट भएका छन् । जिल्लाभरका स्थानीय तहमा मूल गणनका लागि ३१५ जना गणक छनौट भएका हुन् ।
छनौटक भएका गणकहरुलाई तालिम दिएर जनगणनाका लागि खटाइने जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले बताएका छन् । उनका अनुसार यही कार्तिक १३ देखि १६ गते सम्म गणकहरुलाई तालिम दिने कार्यतालिका रहेको छ ।
३१५ जना गणक मध्ये दशरथचन्द नगरपालिकामा ६५ जना, पाटन नगरपालिकामा ३६ जना, मेलौली नगरपालिकामा २७ जना र पुर्चौंडी नगरपालिकामा ४० जना खटाइनेछन् । यस्तै सुर्नया गाउँपालिकामा २५ जना, दोगडाकेदार गाउँपालिकामा २८ जना, डिलाशैनी गाउँपालिकामा २८ जना, सिगास गाउँपालिकामा २६ जना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा २१÷२१ जना गणक खटाइने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
छनौट भएका गणकहरु सहित ८० जना सुपरीवेक्षकहरुलाई पनि मूल गणनामा खटाइने जिल्ला जनगणना अधिकारी पन्तले बताए । उनीहरु सबैलाई जनगणनाका बेला सोधिने प्रश्नावलीका बिषयमा तालिममा जानकारी दिइने बताइएको छ । मूल गणनामा गणकहरु ८० ओटा प्रश्नावली सहित घरदैलोमा पुग्नेछन् ।
दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाका गणकहरुको तालिम दशरथचन्द नगरपालिकामा हुनेछ भने डिलाशैनी र दोगडाकेदार गाउँपालिकाका गणकहरुको तालिम दोगडाकेदारमा सञ्चालन गरिनेछ । यसैगरी सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका गणकहरुको तालिम पाटनमा हुनेछ भने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका गणकहरुको तालिम मेलौलीमा सञ्चालन हुनेछ ।
राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत कार्तिक २५ गतेदेखि मंसिर ९ गते सम्म मूल गणना हुने बताइएको छ । यसअघि राष्ट्रिय जनगणना अन्तर्गत बैतडीमा करीब ५० हजार घरधुरी सूचीकृत भएका थिए ।