७ माघ २०८१, सोमबार
बझाङमा झुलुङ्गे पुलबाट खसेर एक महिला बेपत्ता- थलारा खबर
पवन बाेहार , बझाङ कार्तिक ११
बझाङमा झुलुङ्गे पुलबाट खसेर एक महिला बेपत्ता भएकी छन् ।
जिल्लाकाे केदारस्युँ गाउँपालिका वडा नं १ रायल बाट थलारा गाउँपालिका उत्कडि जाेड्ने सेती नदिकाे झुलुङ्गे पुलबाट थलारा गाउँपालिका वडा न ४ ठिङ घर भएकी राम बहादुर बाेहराकि २२ बर्षिय श्रीमती सीता बाेहरा बेपत्ता भएकी हुन् ।
बुधबार साझ ६ बजे केदारस्युँ गाउँपालिका बाट घर जाने क्रममा पुल बाट खसेर बेपत्ता भएकि उनका आफन्तले जनाएका छन् ।
घटनाकाे कारण भने पुलकाे बिचकाे भागमा एउटा पट्टा थिएन, त्यहि पट्टा नभएकाे प्वाल बाट खसेकी उनका श्रीमानले बताए । उनकाे खाेजी कार्यमा आफन्त र सुरक्षा क्रमिकाे टाेलि खटेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1