१३ माघ २०८१, आईतवार
विनिताले गजलबाटै भनिन् नसम्झे आमा छोरी भुलि भनेर -थलारा खबर
✍️ कान्छी बिनिता विश्वकर्मा
बुढिगंगा नगरपालिका ९ बाजुरा
दशै विशेष गजल
धानका बाला पहेँली खेतैमा झुलेर ,
भन्नु आमा आँगनीमा कति फूल फूलेर ।
यो साल पनि आउन पाउँदिन माइतीघर ,
नसम्झे है प्यारी आमा बसिछे छोरी भूलेर।
तिमीले दिएको वचन भुलेकी छैन् आमा ,
जे-छ मनमै छ मेरो, बोल्न पाकिछैन् खुलेर ।
दिनरात कचकच मात्र छ अरू के हुन्थ्यो र,
तिम्रा ज्वाईं सरापी रैछन् इज्जत जादैँछ डुलेर।
नदेखेको धेरै वर्ष भैसक्यो दाजुलाई पनि ,
माला यत्तिकै रहे आमा विष खाउँकी घुलेर।
तपाईलाई कस्तो लाग्यो साहित्य रचना बढीसकेपछि सुझाव सल्लाह प्रतिक्रिया अवश्य दिनुहोला । तपाईको प्रतिक्रियाको अपेक्षामा हुनेछु तपाईको सुझाव मेरो लागि अघि बढ्ने एउटा माध्यम बन्नेछ , धन्यवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1