अनमोल मुक्तकमै यसरी भन्छन् गाउँमा सित्तैमा पाईने जल किन्नु पर्छ! – थलारा खबर

सेयर गरौं

एकान्त प्रेमी अनमोल भण्डारी ए.बि सागर
पुर्चैडी नगरपालिका २ महादेवस्थान धिचकडा बैतडी

        मुक्तक 

(१)
सहरमा आफ्नै मनबाट बल किन्नु पर्छ !
गाउँमा सित्तैमा पाईने जल किन्नु पर्छ!
घरबाट भन्छ्न यस्ती मात्रपठाको के गर्छस त पैसाले?
बा बुझ्नुस्न यहाँ नुनदेखी चामल किन्नु पर्छ!

(२)
प्रिया खै किन भयौ बेखबर केही भन्दै नभनी ।
भन कसरी बदलिए तिम्रा रहर केही भन्दै नभनी ।
हामी छुट्टीने बेलामा मैले उनलाई बधाई दिएको हुँ ।
किनकि बनाकोमा मेरो जीवन बगर केही भन्दै नभनी ।

(३)
मेरो दिलमा तिम्रो मायाको छलफल भर्खर गरियो।
आफुबाट माया नकम नबढि निरन्तर गरियो ।
मेरो ओठको मुस्कान तेहि दिनदेखी हराएको हो सानू ।
जुन दिन उपहारमा मेरो हाँसो तिमिलाई सफर गरियो।

(४)
तिम्रो खुशि तिम्रा सपना हुनुपर्छ पूरा हुन्छ भनिदिए ।
मेरा सपनाहरु भए सबै आधा अधुरा हुन्छ भनिदिए ।
मैले मुस्कुराउदै भने तिम्रो खुशीनै मेरो खुशी हो प्रिया ।
जब उनले गरिन हामि छुट्टीने कुरा हुन्छ भनिदिए ।

(५)
गाउँमा होस या शहरमा पाहुना बनेर ।
बाध्यता होस या रहरमा पाहुना बनेर ।
म दोधारमा छु छोरीको भाग्य भनुकी दुर्भाग्य भनु ?
आउनु पर्छ आफ्नै जन्म घरमा पाहुना बनेर ।

तपाईलाई कस्तो लाग्यो साहित्य रचना बढीसकेपछि सुझाव सल्लाह प्रतिक्रिया अवश्य दिनुहोला । तपाईको प्रतिक्रियाको अपेक्षामा हुनेछु तपाईको सुझाव मेरो लागि अघि बढ्ने एउटा पाटो बन्नेछ , धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325