बझाङको केदारस्युँ गाउँपालिका ८ कि सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

सेयर गरौं

बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर ८ लोतुका विनोद खत्रीकी श्रीमती २२ बर्षिया लक्ष्मी खत्रीको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगडी पठाइएको हो । लोतु सामुदायिक स्वास्थ्य ईकाई प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार विहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी विहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिईन । साँझ अवेर सम्म पनि सुत्केरी हुन नसकेको सुत्केरीको अवस्था हेर्दा शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्ने अवस्था भएपछि खत्रीलाई धनगडी पठाईएको उनको भनाई छ ।  

शनिबार विहान गाँउपालिकाका उपाध्यक्ष निशा धामीलाई टेलीफोन गरेर समस्या दर्शाए पछि उद्धारका लागी पहल सुरु भएको थियो । विकट ठाउँ भएकाले उद्धारमा कठिनाई भएको हो । जयपृथ्वी राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पु¥याउन सकिने अवस्था नभएको ले हेलिकप्टर मार्फत उद्धार गरिएको गाँउपालिकाकी उपाध्यक्ष धामीले बताईन । सडक अवरुद्ध हुँदा जटिल प्रकारका विरामीलाई समस्या हुने गरेको छ । एक साता अघि थलाराकी एक महिलालाई पहिरोमा परेका हरुको उद्धारका लागी आएको सेनाको हेलिकप्टर मार्फत जिल्ला अस्पताल ल्याईएको थियो । साभार जयपृथ्वी डेली  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1346