१२ माघ २०८१, शनिबार
डोटीमा एक महिलाको शव फेला- थलार खबर
डोटीमा एक महिला मृत शव फेला परेको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँकी ४२ वर्षीय धौली बोहराको मृत सब फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मृत बोहराको घर जजिकैको भीर भन्दा ३० फिट तल मृतकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए । शव बिहिबार दिउँसो भेटिए पनि भौगोलीक दुरीका कारण शुक्रबार साँझ मात्रै जिल्ला अस्पताल पुर्याइएको निरीक्षक रविन्द्रले बताए ।
बोहराको शव घटनास्थलमा भीरबाट लडेको अवस्थामा भेटिएता पनि मृत्युको कारण प्रहरीको अनुसन्धान र पोष्टमार्टम रिपोर्ट पछि मात्रै खुल्ने प्रहरी निरीक्षक चन्दले बताए ।
मृतक बोहरा एकल महिला हुन् भने उनका एक छोरा र एक छोरी रहेका छन् । छोरा रोजगारीका लागि भारतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1