धनगढीमा मोटरसाइकल दुर्घटना , एकजनाको मृत्यु – थलारा खबर

सेयर गरौं

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ का १८ वर्षीय पुष्प गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गिरी आफैले चलाएको म २ प ७६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा हिजो राति मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335