१३ माघ २०८१, आईतवार
तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरि मनाउँदै
कार्तिक १८”
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।
सफासुग्घर र गाईको गोबरले लिपपोत गरिएको घरमा ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवीको रुपमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीको पूजा आराधना आज यो पर्व मनाइन्छ।
आज लक्ष्मीपूजा गर्नुअघि घरका सबै भागको पूर्ण सरसफाइ गरी पालामा बत्ती बालेर घरलाई उज्यालोले झकमक्क पारिन्छ, जसलाई दीपमालिका पनि भनिन्छ। आज साँझ घरको आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने ठाउँसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाएर लक्ष्मीलाई घरमा बोलाउने गरिन्छ।
घरको पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक लक्ष्मीको पूजा आराधना गर्नुअघि आज घरघरमा दीपावली गरिन्छ।
कात्तिक कृष्ण औँसी अर्थात आज लक्ष्मीपूजा गरेपछि साँझ युवतीहरुले समूह बनाएर भैली खेल्ने प्रचलन रहेको छ। आज भैलो खेल्न आउनेलाई कात्तिकको दान नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।