बैतडी घर भएकी एक किशोरी अछामबाट बेपत्ता

सेयर गरौं

बैतडी घर भएकी एक किशोरी अछामबाट बेपत्ता भएकी छिन् । बैतडीको सुर्नया गाउँपालिका वडा नं २ पलेटा घर भएकी १६ बर्षीया उपासना चन्द बेपत्ता भएकी परिवारिक श्रोतले जनाएको छ ।आफ्नै दाजु मोहनबहादुर चन्दको अछाम टाटिखानस्थित सिलाई पसलमा सिलाई सिक्दै आएकी चन्द यही कार्तिक ११ गते लगभग बेलुका ४ बजे बाट बेपत्ता भएकी किशोरीका बुवा लोकबहादुर चन्दले बताए । बेपत्ता किशोरीको खोजीका लागि प्रहरीमा समेत निवेदन दिइएको छ ।किशोरीलाई फेला पार्नुहुने महानुभावले जिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८१२७८५६०० मा सम्पर्क राख्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335