७ माघ २०८१, सोमबार
बझाङमा १३ वर्षीया किशोरीको भिरबाट लडेर मृत्यु – थलारा खबर
बझाङको दुर्गाथलि गाउँपालिकाकी एक किशोरीको भिरबाट लडेर मृत्यु भएको छ । दुर्गाथली गाउँपालिका ३ रकैलका प्रेमबहादुर धामीकी १३ वर्षीया छोरी शशिकला धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उनको शुक्रबार दिउँसो साढे १२ बजे घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको छ । धामी भीरबाट करिब ३०० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसरी भिरबाट लडेर वर्षेनि धेरैको ज्यान जाने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1