७ माघ २०८१, सोमबार
बझाङको सदरमुकाम चैनपुरमा तिहारको चहलपहल बढ्दै
सुरेन्द्र खत्री
शुक्रवार,१९कार्तिक२०७८
बझाङ, जिल्लाको सदरमुकाम चैनपुरमा हि्दूहरुको दोस्रो महान चाड तिहार नजिकिए सङ्गै चहलपहल बढिरहेको छ। तिहारको एक दिन मात्रै बाकी रहेपछि तिहारका लागि चाहिने आवस्यक सामाग्री किन्नेहरुको भिडभाड बढेको हो।
यो समयमा जिल्ला भन्दा बाहिर र देश तथा विदेश रहेका मानिसहरु कर्मभुमि छोडेर जन्मभुमि फर्कि रहेकाले पनि भिडभाड बढीरहेको छ। भाईबहिनिको समुधुर सम्बन्ध र मायाममता रहेकाले यो समयमा टाढिएका दाजुभाइ र दिदिबहिनीहरु भेटघाट गर्ने र टीका थाप्ने धार्मिक परम्परा रहिआएकाले पनि टाढिएका र पराई घरगएकि दिदिबहिनी हरु माईति आउने क्रम बढे सङ्गै भिडभाड पनि बढेको छ।
यो पछिल्लो समयमा सदरमुकाम चैनपुर बजार विहानीतिर अलि सुनसान रहे पनि दिउँसोतिर भने निकै भिडभाड हुने गरेको देखिन्छ। दिउसो गाउॕघरबाट सामान किनबेच गर्न स्थानीय आउने गर्छन भने बाहिर बाट गाउँ भित्रनेको पनि लहर लागेकाले सदरमुकाममा भिडभाड बढेको चैनपुर बझाङका स्थानीय ब्यापारी दिपक धामिले. ले बताउनु भयो।उन्का अनुसार सदरमुकाममा स्थानीयहरु द्वारा देउसि भैलो खेली रमाइलो गर्ने र गराउने गरिएको छ भने देउसि भैलो खेलेर धार्मिक परम्परा अनुसार पैसा माग्ने र अरुलाइ पनि रमाइलो बनाइराख्ने गर्ने गरेको जनाईएको छ ।
प्रशासन द्वारा सदरमुकाममा साझतिर देउसि भैलो खेल्न ८ बजे तिर नै रोक्ने गरिएको छ भने पटुका पड्काउने क्रियाकलाप भने रोक्न सकिएको छैन।सदरमुकाममा चोरि छिनि पटुका पड्काउने कार्य भने बढिरहेको छ जस्ले आगजनिको सम्भावनालाई बढाएको देखिन्छ।