ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्युु , २ घाइते – थलारा खबर

सेयर गरौं

शुक्रबार साँझ ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्युु भएको छ ।

मंगलबजारस्थित ग्यास सिलिन्डर विस्फोट हुँदा थप २ जना घाइते भएका छन्।

ग्यास सिलिन्डर विस्फोटमा परी घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकारसहित ४ जनाको मृत्युु भएको बताइएको छ । ग्याँस सिलिन्डर विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार (छाेरी), रत्ना ताम्राकार (बुहारी) र नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका २ जनाकाे नाम खुलिनसकेको बताइएको छ ।

खाना पकाइरहेका बेला सिलिन्डर पड्किएर घटना घटेको पाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1357