१३ माघ २०८१, आईतवार
टी २० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् ।
अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्नेछ ।
साथै बेलुका सारजाहमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलमा भर पर्नुपर्नेछ । अस्ट्रेलिया चार खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ । समान ६ अंक रहेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1