१३ माघ २०८१, आईतवार
बझाङको सदरमुकाम चैनपुरमा पानीको हाहाकार – थलारा खबर
सुरेन्द्र खत्री बझाङ कार्तिक २०
बझाङ्गको सबैभन्दा ठुलो सहर भनेर चिनिने सदरमुकाम चैनपुरमा पहिला देखिको नै खानेपानीको समस्या थियो भने अहिले पनि सदरमुकाम मा पानिको हाहाकार भएको छ ॥जति जनसङ्ख्या बढ्दै गयो त्यति नै पानिको अभाव भैराखेको छ ॥ अरु सुबिधाले सम्पन्न भएपनि यो सहर पानिको भने ठुलो समस्या रहेको छ ॥यो सहरमा पहिला देखि नै पानिको समस्या थियो तर पहिला सेति नदि र बाहुलि खोलाको पानि ल्याएर पिउन्थे भने आजकाल सेति नदि र बाहुलि खोलाको पानि धमिलो भइ नुहाउन र पिउन योग्य नरहेको स्थानिय विस्नादेवि दमाइले बताउनु भयो॥ त्यस्तैं स्थानिय नन्दा देवि जोशिले भन्नु भयो पाइप छन तर पानि छैन बाहुलि खोलाको पानि र सेति नदिको पानि पनि पिउन पनि योग्य छैन । सदरमुकाम मा दिनप्रतिदिन मान्छे पनि बढिरहेको हुदा अझै पानिको समस्या आइराखेको बताउनु भयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1