बझाङमा मिरमिरे युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न – थलारा खबर

सेयर गरौं


बझाङ , जिल्लाको छबिस पाथिभेरा गाउँपालिका ६ मा आयोजित खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ मिरमिरे युवा क्लबले तिहारको अवसरपारी आयोजना गरेको खुल्ला पुरुष क्रिकेट आज कार्तिक २१ गते आइतबार सम्पन्न भएको हो ।
प्रतियोगितामा भिवाइसी (V.Y.C ) दुर्गाथली गाउँपालिका ५ ठाटा सैन बिजेता र सनराइज युवा क्लब छबिस पाथिभेरा गाउँपालिका ६ न्वाघर उपबिजेता भएका हुन् ।
बिजेता टिम भिवाइसीले (VYC ) सैनलाई ६० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र र उपिबिजेता सनराइज युवा क्लब न्वाघरलाई दस हजार नगदसहित प्रमाणपत्र पुरस्कारले पुरस्कृत गरिएको आयोजक कमिटीका अध्यक्ष सुरत चलाउने बताए ।
उनका अनुसार प्रतियोगितामा म्यान अफद म्याच र सिरिजको व्यवस्था पनि गरिएको र म्यान अफद म्याच भिवाइसी (VYC) सैनका खेलाडी भरत जप्रेल पाए भने म्यान अफद सिरिज सनराइज युवा क्लबका कप्तान सन्दिप चलाउनले पाएका छन् ।
कार्तिक १४ गतेदेखि सुरु भएको प्रतियोगितामा ३० टिमको सहभागिता भएको आयोजनाले जनाएको छ ।
कार्यक्रम समापन आयोजक कमिटीका अध्यक्ष सुरत चलाउनेको सभापतित्वमा भएको थियोे । भने कार्यक्रम सञ्चालन पुरन चलाउने र शिवराज चलाउनेले गर्नुभएको थियोे ।
खेल सञ्चालन छबिस पाथिभेरा गाउँपालिका ६ तोली स्टेडियम ल्वाडामा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245