कैलालीमा मोटरसाइकल दुर्घटना , एकजनाको मृत्यु – थलारा खबर

सेयर गरौं

कैलाली –कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको जोशीपुर गाउँपालिका ५ सीमरानामा बा ०२०१५ प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी  लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनलाई धनगढीस्थित निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । मोटरसाइकलमा चार जना सवार रहेकोमा अन्य तीन जना सामान्य घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय प्रकाश चौधरी र २० वर्षीय जीवन चौधरी रहेका छन् ।  उनीहरुलाई मोटरसाइलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता विष्टले बताएका छन् । मोटसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335