अछामकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार – थलारा खबर

सेयर गरौं

अछामकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ निवासी मनसरा देवकोटाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

मन्सराको दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या उत्पन्न भएपछि विनायकबाट रेफर गरिएको थियो। तत्काल उद्दार गर्नु पर्ने भएकाले उनलाई हेलिकोप्टर मार्फत कोहलपुर शिक्षण अस्पतालसम्म प्रसूति सेवाका लागि लगिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उनको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338