७ माघ २०८१, सोमबार
देशभर पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोना पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ७३६ जनाको कोरोना परीक्षण गर्दा ५३३ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैगरी, पछिल्लो २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा ११ हजार ४ सय ५४ जनाको मृत्यु भइसकेको छ।
हाल देशभर ७ हजार ६१२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1