राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान- थलारा खबर

सेयर गरौं

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ।आज (बिहीबार) बिहान बोर्डले सूचना प्रकाशन गरी बोर्डको अध्यक्ष पदमा इच्छुक र योग्य नागरिकलाई मंसिर ९ गतेभित्र दरखास्त दिन भनेको हो।

Screenshot 20211111 094604 1

यसअघिका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलको चारवर्षे कार्यकाल गत असोजमै पूरा भएकाले बोर्डमा यो पद खाली छ।

राष्ट्रिय परीक्षा बोर्डको सूचनाअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिन मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर गरेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्ष अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा ३ वर्षसहितको अनुभव हुनुपर्नेलगायत योग्यता हुनुपर्नेछ।

दरखास्तका साथमा बोर्डको नेतृत्व गर्नेबारे आफ्नो अवधारणापत्र तथा चार वर्षको व्यावसायिक कार्ययोजना पनि पेस गर्न भनिएको छ। दरखास्त फारम शिक्षा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी भरेर शिक्षा मन्त्रालयमा रहेको बोर्ड अध्यक्ष सिफारिस समितिको सचिवालयमा बुझाउन सूचनामा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335