१३ माघ २०८१, आईतवार
वडा अध्यक्ष विकद्वारा खेलकुद प्रेमीलाई आर्थिक सहयोग- थलारा खबर
बझाङ / कार्तिक २५ ,
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ मिरमिरे युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष क्रिकेट प्रतियोगितामा वडा अध्यक्ष मोहनलाल विकले १५ हजार ५ सय नगद चन्दा दिनुभएको छ ।
तिहारको अवसर पारि यहीँ कार्तिक १४ गतेदेखि छबिस पाथिभेरा गाउँपालिका ६ मा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सोही वडाका वडाध्यक्ष विकले उक्त रकम चन्दा स्वरुप दिनुभएको हो ।
खेल क्षेत्रलाई मन पराइ ,खेलाडी भनेको राष्ट्रका गहना हुन् खेल खेल्नुपर्छ खेल क्षेत्रलाई अगाडि बढाउनुपर्छ र आफ्नो वडामा उक्त क्लबले खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गरेको हुँदा खुसी हुँदै अध्यक्ष विकले उक्त नगद चन्दा दिएको बताउनु भएको छ ।
मिरमिरे युवा क्लबले ७७ साल देखि खुल्ला पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्न सुरु गरेको हो ।
उक्त क्रिकेट प्रतियोगिताको २०७७ को सिल्ड सनराइज स्पार्ट क्लबले हात परेको थियोे भने २०७८ को सिल्ड भिवाइसी (VYC ) सैनले हात परेको आयोजक कमिटीले जनाएको छ ।