थलारा गाउँपालिकामा चर्तुदशी मेलाका लागि मुल आयोजक समिति गठन, खुल्ला भलिबल प्रतियोगिता हुने – थलारा खबर

सेयर गरौं

बझाङ , कार्तिक २७
थलारा गाउँपालिका वडा नम्बर ७ माडौँकाट्नेमा लाग्ने चर्तुदशी मेलाका लागि मुल आयोजक समिति गठन गरिएको छ । थलारा गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा शुक्रबार बसेको सरोकारवालाहरूको बैठकले वडा अध्यक्ष भीमबहादुर रोकायाको संयोजकत्वमा १५ सदस्यीय चर्तुदशी मेला मुल आयोजक कमिटी गठन गरेको हो । मेलामा गाउँपालिका वडा स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिता र देउडा हुने भएको आयोजकले जानकारी दिए । खेलका लागि यहिँ कार्तिक २८ देखि २९ गते बिहानसम्म टिम दर्ता समय तोकिएको छ भने २९ गते बिहान १० देखि खेल सञ्चालन हुने वडा सचिव मनिराम पाध्याले जानकारी दिनुभयो । उनका अनुसार भलिबल खेलका लागि २ हजार ५ सय टिम दर्ता शुल्क रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार द्रितिय पुरस्कार १६ हजार र तृतीय पुरस्कार ११ हजार राखिएको छ ।
मंसिर २ र ३ गते देउडा खेल हुने छ । मेला थलारा गा‌उँपालिका र वडा नम्बर ७ को आर्थिक सहयोगमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335