केदारस्युँ गाउँपालिका ७ मा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न , थलारा खबर

सेयर गरौं

बझाङ, थलारा, कार्तिक २७
केदारस्युँ गाउँपालिका ७ मा भामचौरमा तिहारको अवसर पारी आयोजना गरिएको पुरुष खुल्ला भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा १० वटा टिमको सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा आयोजक टिम (ए) प्रथम केएमवाइसी (K.M.Y.C ) वडा नम्बर ८ द्रितिय र दुर्गाथली गाउँपालिका ६ चुवाबन तृतीय भएका छन् । विजेताका लागि प्रथम पुरस्कार २५ हजार द्रितिय पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार राखिएको थियोे । विजेता टिमलाई वडा नम्बर ७ का वडाध्यक्ष प्रेमबहादुर धामी लगायत अतिथिले पुरस्कार वितरण गर्नु भएको स्थानीय दिपेन्द्र धामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339