बैतडीको पुर्चौंडी नगरपालिकामा सोमबार सार्वजनिक विदा – थलारा खबर

सेयर गरौं

बझाङ , कार्तिक २७/                                        
बैतडीको पुर्चौंडी नगरपालिकामा सोमबार सार्वजनिक बिदा दिने भएको छ । कार्तिक २९ गते हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने भएकोले नगरपालिकाले सोमबार नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिने भएको हो ।

शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जानकारी दिनुभयो ।

गिरेगडा कफलखाना मेला सो क्षेत्रको ठूलो मेलाको रुपमा लिने गरिएको छ । हरेक बर्षक कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने गरेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338