कैलालीमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्युु – थलारा खबर

सेयर गरौं

कैलालीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका– १० गुलरास्थित सिमलको रुखनजिक टोइटा लेन्ड क्रृजरले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको काठमाडौं कागेश्वरी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ५७ का नवराज फुयालले चलाएको प्रदेश ०१–००२ झ ५२८४ नम्बरको टोइटा लेन्ड क्रृजरले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चालक र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको हाल सम्म पहिचान खुल्न नसकेको हुदाँ फोटोको आधारमा पहिचान भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न कैलाली प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338