७ माघ २०८१, सोमबार
कार्यक्रम मुक्तक सागरको यो शृङ्खलामा वाचन भएका टप १० मुक्तकहरू – थलारा खबर
मुक्तक
(१)
आफ्नो सम्बन्ध बनाएर बेकार के फाइदा छ ।
गरेर ती नेताको स्याहार के फाइदा छ ।
चुनाव जित्छन राजधानीमा घर नबाउछ्न ।
हामिले गरेर गाउँमा काटमार के फाइदा छ।
अनिल भण्डारी ( उदाश)
मंगलसेन 11अछाम
हाल भारत
(२)
तिम्रो माया समुन्द्रको छाल भएछ ।
जुनिभर अड्काइरहने जाल भएछ ।
हिजो जस्तो लाग्छ तिमीसङ्ग छुटिएको ।
आज हेर कति छिट्टै एक साल भएछ ।
सुष्मा पुन मगर
रुकुम पश्चिम
(३)
उसको मेरो सम्बन्धको किताब लेखेको छु ।
कति भयो खर्च रिचार्जको हिसाब लेखेको छु ।
तिमीलाई आफ्नो बनाउन अड्डा अदालत धाएर ।
वकिलबाट मेरै कोल्टाको निसाब लेखेको छु।
सुरेश बिश्वकर्मा सुदुर पश्चिम 11 डोटी
हाल भारत
(४)
हाम्रोलाई कि राम्रोलाई गर्न हो उपकार गर्नुहोस् ।
सक्नुहुन्छ खराब मान्छेको विरोध बारम्बार गर्नुहोस् ।
चुनाव आउँदैछ खराबले जिते दुख हामीलाई नै हो ।
त्यसैले कसलाई जिताउदा होला बिचार गर्नुहोस् ।
सुनाखरी निर्मला आचार्य
नेर्बा ६ खोटाङ्ग
(५)
घुसखोरी नेता देखि मन्त्रीलाई गाडी हुनुपर्छ रे ।
चर्पी जादा समेत सुरक्षाकर्मी पछाडि हुनुपर्छ रे ।
जहाँ भत्किएको सडकसम्म मर्मत नगर्ने देशमा ।
भौतिक पुर्वाधारको बिकास अगाडि हुनुपर्छ रे।
तिलक बिश्वकर्मा (अतितका पलहरू)
बागचौर नगरपालिका 4 सल्यान
हाल सात समुद्र पारिबाट
(६)
लाग्छ यो जालझेलको नै केस हुनुपर्छ ।
न्यायाधीशको राजीनामा पेस हुनुपर्छ ।
पाच दलको गठबन्धन भनिरहदा नेताले ।
न्यायलयको पनि समाबेस हुनुपर्छ ।
दुर्गा सानू खड्का
खोटेहाङ्ग 2 खोटाङ
(७)
म आफैमा यस्तो अशोभन लत देखियो ।
मनमा पिर मुटुमा गहिरो खत देखियो ।
अरे!यी पातक यादहरूलाई कसरी भुलु ।
याद भुलाउने औषधिको जरुरत देखियो ।
गोविन्द बुढा मगर
रुकुम पश्चिम मुसिकोट 10
(८)
ठिकै जान्छ भनौ कि बेकार जान्छ ।
लाग्छ यो तरिकाले आफ्नै व्यापार जान्छ ।
गाउँमा बेसेर केही व्यावसाय गरौ भने पनि ।
मात्र सय नगद जादा उधारो हजार जान्छ।
गंगाराम बुढा मगर मुसिकोट 10 रुकुम पश्चिम
(९)
नपर्नु होला आफ्ना हरुको भर यति भने ।
आफै पूरा गर्नु पर्छ आफ्ना रहर यति भने ।
जुनीजुनी सम्म तिम्रै बन्छु हजारौ भन्छन् ।
झुटको खेल हो जिन्दगीको सफर यति भने।
सन्जु ओलि
बैतडी
पन्चेश्वर 3 कुलाउ
हाल काठमाडौ
(१०)
सोचेको जस्तो सपना हरु खास भै दिए ।
जिन्दगी जिउनुको छुट्टै आभास भै दिए ।
पलपल परेली हरु किन भिजाउनु पर्थ्यो र ।
कल्पना गरे जस्तो जिन्दगी बिन्दास भै दिए।
सीता भण्डारी
प्युठान
मुक्तक छनोट संयोजक :- काजल न्यौपाने
रेडियो कार्यक्रम मुक्तक सागर परिवार