१३ माघ २०८१, आईतवार
बझाङको थलारा गाउँपालिकाले नेपाल सरकारले तोके बमोजिमको विद्यालय कर्मचारीलाई तलब दिने- थलारा खबर
थलारा , कार्तिक २९
बझाङ , थलारा गाउँपालिकाले नेपाल सरकारले तोके बमोजिमको विद्यालय कर्मचारी बालकक्षा शिक्षक कार्यालय सहयोगी र लेखापाललाई तलब भत्ता दिने भएको छ । आइतबार संघर्षरत कर्मचारी र थलारा गाउँपालिका बीच उक्त सम्झौता भएको हो । आफ्ना माग पुरा गराउन विद्यालय कर्मचारीहरूले आइतबार नेपाल शिक्षक महासंघको नेतृत्वमा बझाङका १२ वटै स्थानीय तहमा धर्ना दिनुकासाथै ज्ञापनपत्र समेत बुझाएको थियोे । कर्मचारीको ज्ञापनपत्र बुझ्दै थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले नेपाल सरकारले तोकेको राष्ट्रिय बजेट २०७८/०७९ को बुदा नम्बर ११६ मा उल्लेख भए बमोजिम निम्नतम १५ हजार तलव दिने बताएको नेपाल शिक्षक महासंघ थलाराका सचिव शिवराज उपाध्यायले बताए । आइतबार जिल्लाका १२ वटै स्थानीय तहमा कर्मचारीले धर्ना तथा ज्ञापनपत्र बुझाएको र १ स्थानीय तहले तलब खुवाइ सकेको छ भने ३ वटामा स्थानीय तहले यस वर्षको बजेट छुट्याइएको छ र बाँकी स्थानीय तहले आगामी बजेटमा खुवाउने आश्वासन दिएको नेपाल शिक्षक महासंघ बझाङका अध्यक्ष विनोद थापाले बताउनुभयो ।