बझाङको थलारामा चतुर्दशी मेलाको अवसर पारी आयोजना गरिएको भलिबल प्रतियोगिता सोमबारदेखि सुुरु – थलारा खबर

सेयर गरौं

थलारा , कार्तिक ३०,
बझाङको थलारा गाउँपालिका ७ माडौँकाट्नेमा लाग्ने चतुर्दशी मेलाको अवसर पारी आयोजना गरिएको भलिबल प्रतियोगिता सुरु भएको छ ।
थलारा गाउँपालिका र वडा नम्बर ७ को आर्थिक सहयोगमा आयोजना गरिएको गाउँपालिका वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सोमबारदेखि सुरु भएको हो ।
पहिलो खेल महालिङ्ग राउली र थलारा मा.बि बीच भएको थियोे ।
उक्त खेलमा (myc ) राउली विजेता भएको छ

प्रतियोगितामा ९ वटा टिमको सहभागीता रहेको छ ।
उक्त प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार द्रितिय पुरस्कार १६ हजार र तृतीय पुरस्कार ११ हजार राखिएको छ ।
मंसिर २ र ३ गते देउडा खेल हुने आयोजक मुल कमिटी समितिले जनाएको छ ।
आमन्त्रित देउडा खेलाडी बेला रोकाया अछाम , झलक नवीन रोकाया खप्तड छान्ना , जयराज जोशी खप्तड छान्ना गडीगाउँ , दिल बहादुर सिंह थलारा ८, बल बहादुर रोकाया थलारा ६ , प्रयागराज उपाध्याय थलारा ७ , र रम्भा विक थलारा १ , रहेका देउडा खेल संयोजक शिवराज उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339