१२ माघ २०८१, शनिबार
थलारामा चतुर्दशी मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको दोस्रो दिन ७ खेल भए , फाइनल खेल आयोजक र एमवाइसी राउली बिच हुने – थलारा खबर
थलारा , कार्तिक ३०
बझाङको थलारा गाउँपालिका ७ माडौँकाट्नेमा चतुर्दशी मेलाको अवसर पारी आयोजना गरिएको गाउँपालिका वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज मंगलबार ७ खेल भएका छन् ।
थलारा गाउँपालिका र वडा नम्बर ७ को आर्थिक सहयोगमा आयोजना गरिएको भलिबल प्रतियोगितामा आज दोस्रो दिन ७ खेल भएका हुन् ।
बुधबार भोलि तृतीय स्थानका लागि पहिलो खेल बिकास स्मृति सेराला गाउँ र ग्यालेक्सी युवा क्लब हाट बिच प्रतिस्पर्धा हुनेछ । भने प्रथम स्थानका लागि आयोजक र महालिङ्ग युवा क्लब राउली बिच प्रतिस्पर्धा हुने आयोजकले बताए ।
यी दुई टिम बीच भएको खेलमा जसले विजेता हात पार्यो उहीँ टिम प्रथम हुने छ ।
बुधबार भलिबल खेल सम्पन्न हुने र मंसिर २ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार द्रितिय पुरस्कार १६ हजार र तृतीय पुरस्कार ११ हजार राखिएको छ ।
आयोजकका अनुसार २गतेदेखि ३ गतेसम्म देउडा कार्यक्रम हुनेछ ।
देउडा खेलाडी कोको आउने यो लिङ्क खोल्नु होस् https://thalarakhabar.com/2021/11/16/1345/