१३ माघ २०८१, आईतवार
बैतडी बाट सुरेन्द्र सिंह ऐरको कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी – थलारा खबर
मंसिर १ , बैतडी
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन सु-सम्पन्न गर्न बिभिन्न चरणहरुमा जिल्लामा अधिवेशन भईरहेको छन। नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशन मंसिर ६ गते तोकिएको छ। अधिवेशनलाई लक्षित गरि जिल्लाव्यापी रुपमा दुईवटा टिम आ-आफ्नो प्रचार-प्रसारमा लागेका छन ।
सभापति चतुर बहादुर चन्द रहेको टिमबाट चार बिषयमा डिग्री गरेका अधिवक्ता सुरेन्द्र सिह ऐर पनि महाधिवेशन प्रतिनिधि पदका लागि भिडिरहेका छन । प्रष्ट बिचार, नैतिक ईमानदार छवि बनाएका वौद्धिक व्यक्तित्व ऐरले त्रिभुवन विश्वविद्धालय बाट राजनीति शास्त्र,समाजशास्त्र, नेपालीमा स्नातकोत्तर र कानुनमा स्नातक डिग्री गरेका छन । वकालत पेशामा राम्रो छवि बनाउदै आएका ऐर कलेजमा समेत अध्यापन गराईरहेका छन ।
नेपाली काग्रेस समर्थक परिवारबाट जन्मे हुर्केका ऐर २०४८ सालमा नेपाल बिद्यार्थी संघको सदस्यबाट राजनीति सुरु गरी “राजनीति पेसा होइन समाजलाई दिने योगदान हो” भन्ने मान्यता राख्दछन । विसं २०५१ सालमा ऐर लेक लुपुड माध्यमिक बिद्यालय शिवलिङ ने.बि.संघ एकाई समिति सचिव , विसं २०५३ सालमा नेविसंघ लेक लुपुड मा.वि एकाई समिति अध्यक्ष ,२०५८ सालमा नेविसंघ सिद्धनाथ बहुमुखी क्याम्पस एकाई समिति सदस्य ,२०५९ सालमा नेविसंघ कञ्चनपुर जिल्ला कार्य समिति सदस्य ,२०५९ सालमा नेपाली काग्रेस शिवलिङ्ग गाविस गाउँ कार्य समिति सभापति , सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर कञ्चनपुरमा स्वबियू उपसभापति उम्मेदवार २०६२ तथा २०६३ मा नेपाली काग्रेस बैतडीका जिल्ला कार्य समिति सदस्य समेत रहि काम गरेका ऐर नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी सदस्य समेत छन ।
मर्दा पर्दा वा समय भए जनता संग रमाउने एक समाजसेवीकै रुपमा देखिन्छन् । २०५७ सालमा पार्टीको कृयाशिल सदस्यता लिएका सुरेन्द्र सिह ऐर क्रियाशिल लिएकै २१ बर्ष भएको देखिन्छ । २०७३-७४ को प्रदेश सभा संसदको पार्टी भित्र आकांक्षी रही जिल्लाले सिफारिस समेत गरेता पनि पछि उनी भन्दा धेरै पछि पार्टी प्रवेश गरेका व्यक्तिलाई टिकट दिईएको थियोे ।
जनयुद्धको समयमा माओवादी र सरकार दुवै पक्षबाट पीडा यातना भोगेका ऐर २०५९ असोज १८ पछि सधैं महेन्द्रनगरको सडकमा विद्यार्थी आन्दोलनमा र आन्दोलनलाई शशक्त बनाउन सधै बिद्यार्थी माझ चर्चीत देखिन्थे । पार्टीकाे कार्यक्रमहरुमा निरन्तर सक्रिय सहभागिता रहने, प्रतिगमन बिरुद्धको आन्दोलन, ०६२-०६३ को जनआन्दोलनमा सक्रिय सहभागीता रहेकोे थियोे ।
जनआन्दोलनमा पटकपटक घाइते, पटकपटक थुना जेल तथा गिरप्तारीमा पर्नु भयो । निडर साहासिक ब्यक्तित्व ऐर पद भन्दा सक्रियता र काममा बढी बिश्वास राख्दछन । अहिलेसम्म कुनै ठुलो र लाभको पद नलिएका ऐर स्वच्छ छविका देखिन्छन् । पछिल्लो समय उहाँका साथीहरूको आग्रहमा नेपाली कांग्रेस बैतडीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिदै जिल्ला भरीका क्षेत्रीय प्रतिनिधि सभापतिहरु तथा नेता कार्यकर्तालाई भेटघाटमा व्यस्त छन । अग्रज नेता कार्यकर्ता र बौद्धिक युवाहरुले रुचाएका व्यक्तिका रुपमा देखिन्छन् ।
कम बोल्ने, बोले पछि तल्लीन भएर लाग्ने, सोच विचार गरेर मात्र निर्णय लिने स्वभावका छन । अरुको पीडा गुनासा वढी सुन्ने, समस्यालाई गहन रुपमा लिने, म जान्ने छु म ठुलो हु भन्ने भावना कहिले नबोक्ने मिलनसार छन । गलतको विरुद्ध खरो सहीको पक्षमा साथ सहयोग समर्थन गर्ने गरेकोे देखिन्छ । नेपाली कांग्रेसको केही समय पछि आउंदै गरेको महाधिवेशनमा सुरेन्द्र सिंह ऐरले महाधिवेशन प्रतिनिधि पदमा विजयी गराउन अपिल समेत गरेका छन् ।