दार्चुलामा सवारी कार्वाहीबाट ४ लाख बढी राजस्व संकलन – थलारा खबर

सेयर गरौं

दार्चुलामा सवारी कार्वाहीबाट आर्थिक बर्षको हाल सम्म ४ लाख बढी राजस्व संक्लन गरिएको छ । जिल्लाभरि रहेका ३ वटा ट्राफिक प्रहरी पोष्टहरुबाट सवारी कार्वाही बाफत उक्त राजस्व संकलन गरिएको हो ।

आर्थिक बर्षको साउन महिनामा १ लाख १० हजार ५ सय राजस्व संकलन गरिएको छ। जसमा २३ वटा ट्रक कार्वाहीबाट १४ हजार, ५ वटा बसकर्वाहीबाट २ हजार ५ सय , ५८ जिव कार्वाहीबाट ५१ हजार, २१ वटा ट्याक्टर बार्वाहीबाट १४ हजार ५ सय, ३५ वटा मोटरसाइकल बार्वाहीबाट १९ हजार र १९ वटा अन्य सवारी कार्वाहीबाट ९ हजार ५ सय गरि एक लाख १० हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।

त्यस्तै भदौमा १४ वटा ट्रककार्वाहीबाट ८ हजार, ३ वटा बस कार्वाहीबाट २ हजार, १ सय ३६ जिवकार्वाहीबाट ७४ हजार ५ सय, १५ वटा ट्याक्टर कार्वाहीबाट ९ हजार, ३१ वटा मोटरसाइकलबाट २० हजार र १९ अन्य सवारी कार्वाहीबाट १० हजार गरि एक लाख २३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै असोज महिनामा ३२ वटा ट्रक कार्वाहीबाट २२ हजार, १ बस बार्वाहीबाट ५ सय, १ सय ३४ जिव कार्वाहीबाट ७२ हजार ५ सय, १२ वटा ट्याक्टर कार्वाहीबाट ९ हजार, ३८ वटा मोटरसाइकल कार्वाहीबाट २३ हजार ५ सय र १३ वटा अन्य सवारी कार्वाहीबाट ७ हजार ५ सय गरि जम्मा एक लाख ३५ हजार रुपैया राजस्व संकलन भएको छ।

त्यस्तै कातिक महिनामा १९ वटा ट्रक कार्वाहीबाट १२ हजार, ६ वटा बस कार्वाहीबाट ४ हजार ५ सय, १ सय ५ वटा जिव कार्वाहीबाट ६२ हजार ५ सय, २३ वटा ट्याक्टर कार्वाहीबाट १५ हजार, २९ वटा मोटरसाइकल कार्वाहीबाट १६ हजार ५ सय र १२ वटा अन्य सवारी कार्वाहीबाट ७ हजार गरि कार्तिक महिनामा १ लाख १७ हजार ५ सय रुपैया राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रहरी हवल्दार इन्द्र सिंह डागाले जानकारी दिनुभयो ।

यसरी जिल्लाभरी ८ सय ४३ सवारी कार्वाहीबाट ४ लाख ८६ हजार ५ सय रुपैया राजस्व संकलन गरिएको उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339