बझाङको थलारामा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिता सम्पन्न – आयोजक विजयी – थलारा खबर

सेयर गरौं

शिवजी मण्डेल , थलारा / मंसिर २ बझाङ जिल्लाको थलारा गाउँपालिका ७ माडौकाट्नेमा लाग्ने चतुर्दशी मेलाको अवसर पारी आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
कार्तिक २९ गतेदेखि सुरु भएको गाउँपालिका वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबार तेस्रो दिन सम्पन्न भएको हो ।
भलिबल प्रतियोगितामा आयोजक टिम प्रथम महालिङ्ग स्पोर्ट्स क्लब राउली दृितिय र विकास स्मृति सेराला गाउँ तृतीय भएको आयोजकले बताएको छ ।
आयोजकका अनुसार मंसिर २ गते बिहान देउडा कार्यक्रम हुने भएको छ । भने भलिबल खेलको पुरस्कार पनि वितरण गरिनेछ । भलिबल तर्फ प्रथमलाई २१ हजार दृितियलाई १६ हजार र तृतीयलाई ११ पुरस्कार घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338