बझाङको थलारा ४ डिख्लाका बाढीपहिरो पीडितलाई राहत वितरण – थलारा खबर

सेयर गरौं

बझाङ थलारा ,मंसिर २ /
बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लाका बाढीपहिरो पीडितलाई बुधबार अमेरिकामा बस्ने नेपाली र भारतमा बस्ने नेपालीद्वारा गरिएको आर्थिक सहयोग वितरण गरिएको छ ।
अमेरिका बस्दै आउनु भएका धन बहादुर सिंह , भारतमा बस्दै आउनु भएका देउडा गाएक वासुदेव जोशी र सुदूरपश्चिम देउडा एकता समाजद्वारा संकलित राहत रकम बुधबार एक कार्यक्रमका बीच वितरण गरिएको हो ।
अमेरिका बाट बझाङका बाढीपहिरो पीडितका लागि ५ लाख ६५ हजार नगद उठेको थियोे । उठेको उक्त रकम अनुसार बुधबार थलारा गाउँपालिका ४ डिख्लामा १ लाख ८० हजार वितरण गरिएको छ । जसमा बाढीपहिरोमा १८ जना गुमाउने कलक सार्कीलाई १ लाख ५ सदस्य गुमाउने नरबहादुर पार्कीलाई ४० हजार पहिरोमा परि घाइते हुने कल साउँदलाई ११ हजार लोकेश बिष्टलाई ७ हजार त्यस्तै पहिरोबाट क्षतिभएका लोकेश बिष्ट भगवती डिख्ली, लक्ष्मी डिख्लीलाई ७/७ हजार र गंभीरे डिख्लीलाई ६ हजार नगद वितरण गरेको हो । सरस्वती प्राथमिक विद्यालय पिपलगडालाई २ हजार राहत दिइएको छ ।

त्यस्तै भारतमा बस्दै आउनु भएका देउडा गाएक वासुदेव जोशीको पहलमा संकलित २३ हजार र हाम्रो सुदूरपश्चिम देउवा समाजको आयोजनामा संकलित ३६ हजारलाई १८ सदस्य गाउने सार्की र ५ सदस्य गाउने पार्कीलाई ३/३ हजार अन्य घाइतेलाई २/२ हजार र बाकीलाई १/१ हजारका दरले राहत वितरण गरिएको हो ।

अमेरिकाबाटको सहयोग शिक्षक प्रेम बहादुर सिंह र भारतबाटको सहयोग पत्रकार प्रताप ओलीले पीडितलाई हस्तान्तरण गर्नु भएको थियोे । राहत वितरण कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय वडा नम्बर ४ का अध्यक्ष विष्णु बिष्ट नेकपा एकीकृत समाजवादी जिल्ला सदस्य लोकेन्द्र बिष्ट पत्रकार प्रताप ओली सुवास कडायत लगायतको सहभागीता रहेको थियोे । अमेरिकाबाट प्राप्त बाँकी रकम ७० हजार थलाराका बाढीपीडितलाई र अन्य रकम खप्तड छान्ना गाउँपालिकामा वितरण गरिने शिक्षक सिंहले बताए ।

गत कार्तिक १ गतेदेखि ३ गतेसम्म आएको बेमौसमी अविरल वर्षाका कारण बझाङमा ठूलो धनजनको क्षति भएको थियोे । त्यस्तै मानवीय क्षति भने थलारा गाउँपालिका ४ डिख्लामा सबैभन्दा बढी एकै परिवारका १८ जना बेपत्ता भएका थिएँ । भने एक परिवारका ५ बेपत्ता भएका हुन्।
बेपत्ता मध्य ४ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता रहेका छन् । खोजी कार्य भने बन्द गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335