बैतडीमा जात्राको लागि मेलौली र दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा – थलारा खबर

सेयर गरौं

बैतडीको मेलौली नगरपालिकाले जात्राका लागि  दुई दिन सार्वजनिक बिदा दिइएको छ ।

जिल्लाको मेलौली भगवती मन्दिरमा भव्य जात्रा लाग्ने भएकाले मंसिर २ र ३ गते  दुई दिन मेलौली नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।

बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिए । उहाँका अनुसार मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी देश भारतबाट पनि दर्शनार्थी आउने गरेका छन् ।

त्यस्तै दशरथचन्द नगरपालिकाले पनि मंसिर २ गते आज एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको गढीमा प्रसिद्ध जगन्नाथ मन्दिरमा कात्तिक शुक्ल चतुर्दशीका दिन आज जात्रा लाग्ने भएकाले बिदा दिइएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335