बझाङको थलारा गाउँपालिकाको स्वास्थ्य शाखामा आगलागी, स्वास्थ्यसामाग्री जलेर नष्ट – थलारा खबर

सेयर गरौं

बझाङको थलारा गाँउपालिका स्वास्थ्य शाखामा विधुत सर्ट भई आगलागी भएको छ । मंसिर २ गते बिहान ११ः३० बजे स्वास्थ्य शाखाको स्टोरमा विद्युत सर्ट भइ आगो लाग्दा घर पुर्ण रुपमा जलेर नस्ट भएको छ । विधुत सर्ट भई लागेको आगोले स्वास्थ्य शाखाको स्टोरमा भण्डारण गरिएको औषधि, सर्जिकल सामान, स्वास्थ्य चौकील वितरण गर्न ल्याईएका ५/५ थान ल्यापटप, प्रिन्टर, डेस्कटप कम्प्युटर जलेर नष्ट भएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट स्वास्थ्य शाखा भवनसँगै रहेको कर्मचारी आवासमा पनि क्षति पु¥याएको थलारा गााउपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । उपाध्यायका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम ओली, सब ओभरसिर चक्रबहादुर थापा र खानेपानी तथा सरसफाइ सहजकर्ता भोजराज पाण्डे बस्ने ३ कोठामा रहेका ओड्ने ओछ्याउने, लगाउने कपडा लगायत सबै सामान जलेर पुर्ण रुपमा जलेर नस्ट भएका छन् ।  गाउँपालिकाले घर भाडामा लिएर स्वास्थ्य शाखा सन्चालन गरिरहेको थियो । आगलागी बाट के कति क्षति भयो भन्ने बारे एकिन भएको छैन । क्षतिको विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । साभार जयपृथ्वी डेली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335