प्रेस सेन्टर बाजुराको छैटौं जिल्ला सम्मेलन सम्पन्न , अध्यक्षमा सुरेन्द्र शाही चयन – थलारा खबर

सेयर गरौं

प्रेस सेन्टर नेपाल बाजुराको जिल्ला  छैटाैँ जिल्ला  सम्मेलनबाट सुरेन्द्र शाही अध्यक्ष रहने गरी ९ सदस्यीय समिति गठन गरिएको छ । बिहिबार बिहानबाट सूरु भएको सम्मेलनले नयाँ कार्यसमिति चयन गरि सम्पन्न भएको हो ।

जसमा उपाअध्यक्ष दिनेश उखेडा र मिथुन बिक, सचिवमा साेधा नेपाली, सह सचिवमा सुरेश साउद र काेषाअध्यक्षमा तेज बहादुर बिक रहेका छन । त्यसै गरी सुशिला शाही र कमल बहादुर धामी सदस्यमा चयन गरिएकाे अध्यक्ष शाहीले जानकारी दिएका छन । १ जना सदस्यलाइ भने कमिटिकाे पहिलाे बैठकबाट मनाेनित गर्ने अध्यक्ष शाहीले बताए ।

प्रेस सेन्टर बाजुराका अध्यक्ष नरदिप वडको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समिति सचिव रमेश बिक रहेका थिए भने बिषिष्ठ अतिथि प्रेश सेन्टर नेपाल सुदुर पश्चिम प्रदेश संयोजक निमेन्द्र शाही रहेका थिए ।

अतिथिमा नेकपा माओबादी केन्द्र्रका जिल्ला कमिटि सदस्य तथा प्रचार बिभाग प्रमुख सुरेश बिक, जिल्ला कमिटि सदस्य गोरख शार्की प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले प्रेश चौतारीका लक्ष्मीराज पाध्याय लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338