बझाङको थलारा ७ माडौँकाट्नेको चतुर्दशी मेला सम्पन्न – थलारा खबर

सेयर गरौं

थलारा , मंसिर ४ ,

बझाङको थलारा गाउँपालिका वडा नम्बर ७ माडौँकाट्नेको चतुर्दशी मेला सम्पन्न भएको छ ।
कार्तिक २९ गतेदेखि सुरु भएको मेला मंसिर ३ गते भलिबल र देउडा खेलाडीलाई पुरस्कार वितरण गर्दै सम्पन्न गरिएको हो ।
चतुर्दशी मेलाको अवसर पारी गाउँपालिका वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता र देउडा कार्यक्रम आयोजना गरिएको थियोे ।
भलिबल प्रतियोगितामा आयोजक टिम प्रथम महालिङ्ग स्पोर्ट्स क्लब राउली द्रितिय र बिकास स्मृति सेराला गाउँ तृतीय भएका थिए ।
प्रथमलाई २१ हजार द्रितियलाई १६ हजार र तृतीयलाई ११ हजार पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिएको वडा सचिव तथा आयोजक मुल कमिटीका सचिव मनिरा पाध्याले बताए । उनका अनुसार भलिबल खेलका अम्पायर लक्ष्मण रोकाया, सन्जीव नेपाली , चक्र रोकाया , डबल सिंहलाई पनि पुरस्कार र प्रमाणपत्र पुरस्कृत गरिएको हो ।
त्यस्तै देउडा कार्यक्रममा आमन्त्रित देउडा खेलाडी बेला रोकाया , झलक नवीन रोकाया , जयराज जोशी , दिल बहादुर सिंह बलबहादुर रोकाया, प्रयागराज उपाध्याय र देउडा संयोजक शिवराज उपाध्यायलाई पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिको थियोे , समापन कार्यक्रम वडाध्यक्ष भीमबहादुर रोकायाको सभापतित्व र वडा नम्बर ९ का वडाध्यक्ष तथा गाउँपालिका प्रबक्ता मोहनराज जोशीको प्रमुख आथित्यमा भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339