३ जेष्ठ २०८२, शुक्रबार

नेकपा माओवादी केन्द्र छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ६ को वडा सम्मेलन सम्पन्न , अध्यक्षमा धनलाल चलाउने चयन – थलारा खबर
बझाङ , मंसिर ४
नेकपा माओवादी केन्द्र छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ६ को वडा सम्मेलन सम्पन्न भएको छ ।
शुक्रबार छबिस पाथिभेरा गाउँपालिका ६ को वडा कार्यक्रममा भएको वडा सम्मेलनले धनलाल चलाउनेको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा देवराज बुढा सचिवमा सन्तोष पुजारा सहसचिवमा करन विक कोषाध्यक्षमा प्रिया बोहरा चलाउने लगायत २९ सदस्यीय वडा कमिटी गठन गरिएको अनेरास्ववियु क्रान्तिकारी बझाङ जिल्ला सहसचिव शिवराज चलाउने बताए । सम्मेलनमा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य तथा छबिस पाथिभेरा गाउँपालिका इन्चार्ज बसन्त चलाउने प्रमुख अतिथि र जिल्ला कमिटी सदस्य तथा छबिस पाथिभेरा गाउँपालिका सहइन्चार्ज गजेन्द्र बुढा विराट अतिथि रहनु भएको थियो । कोको छन् सदस्य हेर्नुस्