नेकपा माओवादी केन्द्र छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७,५ र १ को वडा सम्मेलन सम्पन्न – थलारा खबर

सेयर गरौं

बझाङ , मंसिर ५,
नेकपा माओवादी केन्द्र छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ ,५ र १को वडा सम्मेलन सम्पन्न भएको छ ।
सनिवार वडा नम्बर ७ को मजखोरी मा.बिको पराङ्गढमा भएको वडा सम्मेलनले २९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

जसको अध्यक्षमा केशव धामी उपाध्यक्षमा रणबहादुर धामी सचिवमा शिवजी मण्डेल (शिवा) सहसचिवमा गणेश बोहरा कोषाध्यक्षमा भगवती देवी धामी रहने गरि २९ सदस्यीय वडा कमिटी गठन गरिएको बताइएको छ ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य लोकेन्द्र सिंह धामी (निर्मल) प्रमुख अतिथि जिल्ला कमिटी सदस्य तथा छबिस पाथिभेरा गाउँपालिका सहइन्चार्ज गजेन्द्र बुढा विराट अतिथि र नेकपा माओवादी छबिस पाथिभेरा गाउँपालिका गाउँ कमिटी अध्यक्ष तथा वडा नम्बर ७ का वडाध्यक्ष पदमबहादुर मण्डेल लगायत अतिथि रहनु भएको थियोे ।
सम्मेलनमा नेकपा एमाले परित्याग गरि पार्टीमा ३ जना परिवेश गरेको नेकपा माओवादी केन्द्र गाउँ कमिटी सदस्य जहरे धामीले बताए ।

त्यस्तै वडा नम्बर ५ को पनि वडा सम्मेलन सम्पन्न भएको छ । अध्यक्ष सुमन धामी उपाध्यक्ष देव जाग्री सचिव झलक बोहरा सहसचिव सुनिल धामी कोषाध्यक्ष सारदा चलाउने रहने गरि २९ सदस्यीय वडा कमिटी गठन गरिएको बताइएको छ । अन्य पार्टी परित्याग गरि नेकपा माओवादीमा १० जनाले परिवेश गरेको नवनियुक्त अध्यक्ष धामीले बताए ।

यता वडा नम्बर १ को वडा अधिवेशन पनि सम्पन्न भएको छ । अध्यक्षमा मदन गिरी उपाध्यक्षमा प्रकाश गिरी ,बलराम गिरी सचिवमा राम बहादुर सार्की सहसचिवमा इश्वरी देवी नेपाली सत्यराज कठायत कोषाध्यक्षमा विमला थापा कठायत रहने गरि २९ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र छबिस पाथिभेरा गाउँपालिका इन्चार्ज बसन्त चलाउनेले बताउनुभयो । उनका अनुसार आइतबार आज वडा नम्बर ४ को अधिवेशन हुने र बाँकी वडा नम्बर २ र ३ को मंसिर ६ गते सोमबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1365