डोटीकी एक बालिकाको जिपबाट खसेर मृत्यु – थलारा खबर

सेयर गरौं

डोटीमा जिपबाट खसेर एक बालिकाको मृत्यु भएको छ । दिपायलबाट डडेल्धुरा गइरहेको से १ज ७१६ नम्बरको जीपबाट खसेर डोटीको शिखर नगरपालिका –८ की १५ वर्षीया आशा विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आशाकको  डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

जिप चालक डडेल्धुराको अमरगढी नगरपालिका –१ का ३० वर्षीय खडकबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  रासस  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335