बैतडीमा जन्ती बोकेको जिप दुर्घटनाबाट मृत्युु हुनेको सङ्ख्या ६ पुग्यो – थलारा खबर

सेयर गरौं

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जनाको  मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौंबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा भएको  हो । जिपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा  बाटोमा  मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारको लैजाँदै मृत्यु भएसँगै मृतकको संख्या छ पुगेको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका प्रहरीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339