१३ माघ २०८१, आईतवार
नेकपा माओवादी केन्द्रको, दार्चुलामा ६१ वडा मध्य ३८ वडामा नयाँ नेतृत्व चयन – थलारा खबर
दार्चुलाका ६१ वडा मध्ये नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ३८ वडामा नयाँ नेतृत्व चयन गरेको छ । बुधबारसम्म ३८ वडाहरुमा नयाँ नेतृत्व छनौट गरिएको नेकपा माओवादी केन्द्र दार्चुलाले जनाएको छ ।
बाँकी रहेको २३ वडामा पनि वडा सम्मेलन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने काम भइरहेको माओवादी केन्द्र मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले जानकारी दिए। आवश्यक तयारी पूरा भई नसकेकाले केही वडाको सम्मेलन गर्न बाँकी रहेको धामीले बताएका छन ।
यता वडा सम्मेलन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ। वडा सम्मेलन हाल सम्म जिल्लाको मार्मा गाउँपालिका नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा सम्पन्न भएको बताइएको छ। यि स्थानीय तहमा पालिका तथा नगर अधिबेशन पनि सम्पन्न भएको नेता धामीले बताए । बाकी रहेका गाउँपालिका तथा नगरपालिकाहरुमा नयाँ कार्यतालिका सार्वजनिक भएपछि पालिका तथा नगर अधिवेशन गर्ने अध्यक्ष धामीले बताए।
आज माओवादी केन्द्रको प्रदेश कमिटीको बैठक बस्ने भएकाले माओवादी केन्द्रका नेताहरु हिजो नै प्रदेशतिर गएपछि जिल्लाको पालिका तथा नगर अधिबेशन केही दिनपर सारिएको माओवादी केन्द्रले जनाएको छ। बाकी रहेका स्थानीय तहहरु मलिकार्जुन,लेकम महाकाली अपि हिमाल दुहुँ र व्यासँ गाउँपालिकामा छिटै नयाँ नेतृत्व चयन हुने बताइएको छ । जिल्लामा पार्टीको कार्यतालिका अनुसार नै वडाहरूमा सम्मेलन सम्पन्न गरिएको माओवादी केन्द्रका नेता जमन सिह धामीले बताए। रासस