७ माघ २०८१, सोमबार
दार्चुलामा एम्बुलेन्स जाँडरक्सी बोक्नमा प्रयोग , नेकपा विप्लवले लियो नियन्त्रणमा – थलारा खबर
दार्चुला जिल्लाकाे लेकम गाउँपालीकाले खरिद गरेको एम्बुलेन्समा स्थानीय बाट निकै गुनासाे आउन थालेपछि नेपाल कम्युनिस्ट पार्टी विप्लवले चेकजाँच गरेको छ ।
स्थानीय बाट गाउँपालीकाकाे एम्बुलेन्सले जाँड रक्सी लगाएत भाडा तिरेर यात्रु ओसारपसार गर्ने गरेको जनगुनासाे आउन थालेपछि मंगलबार राति चेकजाँच गरेको हाे । चेक जाँचकाे क्रममा लेकम गाउँपालीकाकाे एम्बुलेन्स बिवाहाकाे सामाग्री सहित लिएर जादै गरेको अवस्थामा फेलापारेपछि आफूले नियन्त्रणमा लिएको नेकपा विप्लव दार्चुलाले जनाएको छ।
बिरामी बाेक्ने एम्बुलेन्स कतै रक्सी बाेक्न प्रयाेग गरियाे त कतै भाडामा यात्रु बाेक्न प्रयाेग गरिएको भन्दै नियन्त्रणमा लिएर कडा कार्वाही गरिने विप्लव दार्चुलाका नेता भरत मल्लले बताएका छन् । अहिले सु प प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स विप्लव दार्चुलाको नियन्त्रणमा रहेकाे छ। मंगलबार राति १० बजे एम्बुलेन्स नियन्त्रणमा लिएकाे हाे ।