नेकपा माओवादी केन्द्र थलारा गाउँपालिका वडा नम्बर ३ को नयाँ वडा कमिटी गठन ,अध्यक्षमा तुलाराम धामी चयन – थलारा खबर

सेयर गरौं

बझाङ मंसिर ९,

नेकपा माओवादी केन्द्र थलारा गाउँपालिका वडा नम्बर ३ को वडा सम्मेलन सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष सागर ओलीको अध्यक्षतामा भएको वडा सम्मेलन कार्यक्रमले तुलारामा धामीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको अन्य पदाधिकारीमा बेलमती देवी रोकाया उपाध्यक्ष झलक सार्की सचिव निर्मला थापा सहसचिव ललिता देवी ओली कोषाध्यक्षमा रहनुभएको छ ।

वडा सम्मेलन कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य तथा थलारा गाउँपालिका सहइन्चार्ज पदम खड्का प्रमुख अतिथि , नेकपा माओवादी केन्द्र थलारा गाउँ कमिटी अध्यक्ष तथा थलारा गाउँपालिका वडा नम्बर १ अध्यक्ष धर्मराज भट्ट विशिष्ट अतिथि नेकपा माओवादी थलारा सचिव प्रकाश भण्डारी अतिथि रहनुभएको थियो । पाराकाट्ने स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मण सिंह बिष्ट स्वास्थ्य संयोजक गौरीशंकर जोशी थलारा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गणेश राज जोशीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । साथै सहिद परिवारका सर्मा नेपाली लगायत अतिथि रहनुभएको थियोे ।

यस्तै थलारा गाउँपालिका वडा नम्बर ७ को वडा कमिटी पनि घोषणा भएको छ । जसमा सुरेन्द्र राज उपाध्याय अध्यक्ष भुजी सुनार उपाध्यक्ष चन्द्रिका रोकाया सचिव मान बहादुर चलाउने सहसचिव र हंस ओखेडा कोषाध्यक्षमा रहने गरि वडा कमिटी गठन भएको नेकपा माओवादी नेता जयराज चलाउनेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335