बझाङको छबिस पाथिभेरा गाउँपालिका २ मा खुल्ला क्रिकेट प्रतियोगिताको उद्घाटन – थलारा खबर

सेयर गरौं

समीर कठायत बझाङ ,मंसिर ९

बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा स्वर्गीय राजा जयपृथ्वी बहादुर सिंहको सम्झनामा आयोजना गरिएको खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जेवासी (JYC ) युवा क्लब छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर २ ले आयोजना गरेको खुल्ला क्रिकेट प्रतियोगिता आज बिहीबार गाउँपालिका अध्यक्ष अक्कल बहादुर धामीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।

उक्त प्रतियोगितामा १० टिमको सहभागिता भएको ६ छ ।
खेल अहिले वडा नम्बर २ को रजन्तला खेलमैदान सञ्चालन भइरहेको आयोजकले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार ४१ हजार ६ सय २० नगदसहित ट्रफी मेडल प्रमाण द्धतिय पुरस्कार १३ हजार ६ सय २० नगदसहित ट्रफी मेडल प्रमाण रहेको आयोजक कमिटीका अध्यक्ष सन्तोष कठायतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338